|

काठमाडौं : एशीयाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर झण्डै पाँच प्रतिशत हने अनुमान गरेको छ । एडिबीले ४ दशमलब ९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ।

एडीबीले सार्वजनिक गरेको एशीयन आउटलुक २०१८ मा चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको हो । यता, नेपाल सरकारले भने चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरेको छ।

आउटलुक सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका नेपाल प्रतिनिधि मनहर खड्काले वर्षाैदेखिको राजनीतिक अस्थिरता र संरचनागत कठिनाईले नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा कम हुन सक्ने बताए।

बैंकको प्रतिवेदनमा औद्योगिक वृद्धिदर गत वर्षको भन्दा १ दशमलव ५ प्रतिशतले कमी हुन जाने औंल्याउँदै कृषि, थोक तथा खुद्रा व्यापार विस्तार, वित्तिय मध्यस्तता, यात्रा तथा पर्यटन उपक्षेत्रका कारण सेवा क्षेत्रभने उत्साहजनक रहने पनि उल्लेख गरिएको छ।

एडीबीले नेपालको व्यापार घाटा झनै बढेर जाने अनुमान पनि गरेको छ । निर्यात व्यापार खस्कँदै गएका कारण नेपालले चालू आर्थिक वर्षमा झनै व्यापार घाटा व्यहोर्नुपर्ने अवस्था रहेको आउटलुकमा उल्लेख गरिएको छ । बैंकका देशीय निर्देशक मुख्तोर खमुदखानोभले आधुनिक प्रविधिलाई आत्मासात गर्दै पूर्वाधारको निर्माण गरेर राजस्व बढाउन पनि नेपाल सरकारलाई सुझाव दिए ।  राजस्व बढाउनका लागि नेपालले आधुनिक प्रविधिको विकासमा विशेष ध्यान दिनुपर्ने एडीबीको सुझाव छ।आउटलुकमा विद्युत आपूर्तिको राम्रो व्यवस्थापन हुँदा नेपालमा कृषि उत्पादनले राम्रो प्रतिफल दिएको पनि देखाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.