|

बुटवल : प्रदेश ५ सरकारले प्रदेशको आर्थिक सामाजिक विकासको स्थितिपत्र सार्वजनिक गरेको छ। प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले स्थितिपत्र सार्वजनिक गरेका हुन्। 

स्थितिपत्र सार्वजनिक गर्दै पोखरेलले समृद्ध प्रदेश, सुखी जनताको मिसनमा प्रदेश सरकार अघि बढ्न लागेको बताए। उनले प्रदेशको आर्थिक समृद्धिको लागि कृषि, उद्योग, पर्यटन र भौतिक पूर्वाधार विकासको संभावना, चुनौती र समस्या पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाएर लागू गर्दै जाने उल्लेख गरेका छन्। 

कृषिको व्यवसायिकीकरण, सिँचाइ सुविधा, उत्पादकत्व स्थितिले जिल्लागत ठूलो विभेदता र औसत रूपमै पनि प्रदेश पछाडि रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले विकास र समृद्धिको दिशामा अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताए। उनले राष्ट्रिय औसतको हिसाबले तुलना गर्दा कतिपय क्षेत्रमा धेरै पछाडि रहेको प्रदेश ५ समग्रतामा चौथो स्थानमा रहेको तथ्य पेश गरे। 

स्थितिपत्रमा उल्लेख भएअनुसार प्रदेश ५ मा २५.८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन्। जसअनुसार सबैभन्दा बढी कपिलवस्तुमा ३५.५ प्रतिशत जनता गरिब छन् भने नवलपरासी र रूपन्देहीमा सबैभन्दा कम १७ प्रतिशतको हाराहारीमा गरिबी रहेको छ। प्रदेश ५ मा प्रतिव्यक्ति आय एक हजार सात अमेरिकी डलर रहेको सरकारको तथ्यांक छ।

प्रदेशका ४१ प्रतिशत जनसंख्या आर्थिक रूपले सक्रिय छन्। जसमा सबैभन्दा बढी अर्घाखाँचीमा ५१.७ प्रतिशत जनसंख्या आर्थिक रुपले सक्रिय छ। प्रदेशको उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी ४५.६ प्रतिशत रहेको मुख्यमन्त्री पोखरेलले बताए। नेपालको १२.१ प्रतिशत हिस्सा ओगटेको प्रदेश ५ को क्षेत्रफल १७ हजार ८१० वर्ग किलोमिटर रहेको छ। यहाँ ४ उपमहानगर, ३२ नगरपालिका, ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन्। 

तथ्यांकमा प्रदेश ५

जनसंख्या ४४ लाख ५८ हजार २५३ (महिला ५२.४३, पुरुष ४७.५७ प्रतिशत)

आर्थिक रूपले सक्रिय जनसंख्या ४१ प्रतिशत

कुल तथा क्षेत्रगत गार्हस्थ उत्पादन १४.८ प्रतिशत

कुल उत्पादनमा कृषि क्षेत्रको योगदान ४५.६ प्रतिशत

खेतीयोग्य जमीन ४ लाख ४ हजार ५४१ हेक्टर

कृषि कार्यमा संलग्न जनसंख्या ३८ लाख २० हजार

सिँचाइ सुविधा पुगेको भूमि ४९ प्रतिशत

प्रतिव्यक्ति आय  एक हजार सात अमेरिकी डलर

बैँक तथा वित्तीय संस्था ९००

हकारी  ४ हजारभन्दा बढी

वन क्षेत्र  ४८ प्रतिशत

उद्योग  नौ सय जति 
पर्यटक आगमन कुल पर्यटकमध्ये एकचौथाई 

खानेपानी सुविधा ८८ प्रतिशत घर परिवारमा

विद्युत ६५ प्रतिशत घरधुरीमा

जलविद्युत उत्पादन क्षमता २१ मे.वा. उत्पादन, २ मे.वा. निर्माणाधीन, २४५ मे.वा. क्षमता

शौचालय सुविधा  ५६ प्रतिशत घरधुरीमा

सडक राष्ट्रिय र ग्रामीण–११ हजार किलोमिटर

गरिबी  २५.८ प्रतिशत 

मानव विकास सूचकांक  ०.४६१

शिक्षा ५८ सय विद्यालय (प्राथमिकदेखि माध्यमिकसम्म) 

पढ्न छाड्ने अनुपात  ४.६५ प्रतिशत

प्राविधिक शिक्षालय  १२४

साक्षरता दर  ६६.४ प्रतिशत

स्वास्थ्य ७५२ स्वास्थ्य संस्था

मानिसको अपेक्षित आयु ६७ वर्ष 

राजश्व संकलनमा योगदान १२ प्रतिशत

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.