|

काठमाडौं : विकास साझेदारहरुले नेपाललाई झुक्याएका छन्। स्विजरल्यान्ड, जर्मनी, जापानलगायत द्विपक्षीय विकास साझेदारहरुले नेपालको विकास निर्माणमा सहयोग गर्न ऋण तथा अनुदान सम्झौता गरे पनि प्रतिवद्धता अुनसार रकम प्रदान नगरेका हुन्।

‘आर्थिक वर्ष ०७३ ७४ मा १३ वटा विभिन्न द्विपक्षीय संस्थाबाट पाँच अर्ब ४३ करोड २६ लाख अनुदान र ५५ करोड ऋण गरी पाँच अर्ब ९८ करोड २६ लाख रुपैयाँ दिने प्रतिवद्धतासहित सम्झौता भएको थियो तर दिएनन,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

गत आर्थिक वर्षमा ३३ विकास साझेदारले ४० अर्ब २७ करोड अनुदान र ३९ अर्ब १५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.