|

काठमाडौं : सरकारले काठमाडौंमा प्रदर्शन गर्न तथा सार्वजनिक कार्यक्रम गर्नका लागि निश्चित ठाउँ तोकेको छ। जिल्ला सुरक्षा समिति काठमाडौंको आइतबार बसेको बैठकले सार्वजनिक कार्यक्रम र प्रदर्शन गर्नका लागि सात स्थानलाई तोकेको छ।

केहीदिन अघि गृहमन्त्री रामबहादुर थापा बादलले गृह प्रशासन सुधार कार्ययोजनामा विरोध प्रदर्शनमका लागि निश्चित स्थल तोक्ने बताएका छन्।

काठमाडौं जिल्ला प्रशासनले वैशाख १६ गतेदेखि लागु हुनेगरी निम्त सात स्थललाई सार्वजनिक कार्यक्रम र विरोध प्रदर्शनका लागि छुट्याएको छ।

क. खुलामञ्च

ख. तीनकुने खुल्ला चौर कोटेश्वर

ग. भुईँखेल भगवान पाउ

घ. पेप्सीकोला खेलमैदान

ङ. सानो गौचरण फुटबल मैदान

च. लैनचौर समाज कल्याण परिषद् अगाडिको खुल्ला स्थान

छ सिफल चौर गौशाला

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.