|

सिन्धुपाल्चोक : विद्यालयबाहिर रहेका सम्पूर्ण बालबाललिलाई विद्यालयको पहुँचमा पुर्‍याउन जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले विशेष अभियान सञ्चालन गरेको छ। ‘हामी सबैको इच्छा, अनिवार्य आधारभूत शिक्षा’ ‘एक बच्चाको भर्ना, मेरो साुमदायिक दायित्व पहुँचको सुनिश्चतता र सिकाइको स्थायित्व’ भन्ने मूलनाराका साथ यस शैक्षिकसत्रको भर्ना अभियान सुरु भएको हो।

जिल्ला शिक्षा कार्यालयका अनुसार गत वर्ष ९५ प्रतिशत बालबालिका मात्रै विद्यालयमा भर्ना भएका थिए। यो शैक्षिकसत्रमा शतप्रतिशत बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा पर्‍याउने लक्ष्य लिएको जिल्ला शिक्षा अधिकारी गौरीशंकर पाण्डेले बताए।

‘गत शैक्षिकसत्रमा जिल्लामा ५ प्रतिशत बाललालिका विद्यालयबाहिर रहेको पाइएको छ। हामीले यस शैक्षिकसत्रबाट शतप्रतिशत पुर्‍याउने लक्ष्य राखेका छाैँ’ जिल्ला शिक्षा अधिकारी गौरीशंकर पाण्डेले भने ।

सम्पूर्ण स्थानीय तह र विद्यालयहरूमा अभियान एकै साथ सञ्चालन गरिने र यो वर्ष विद्यालयबाहिर शून्य विद्यार्थी गराउने अभियानमा जिल्ला शिक्षा कार्यालय रहेको छ। माझी, दनुवार, पहरी, थामीलगायत लोपोन्मुख समुदाय रहेका बस्तीमा अभियान विशेष रूपमा केन्द्रित रहने जिशिकाले जनाएको छ ।

जिशिअ पाण्डेका अनुसार सिन्धुपाल्चोकमा कक्षा १ देखि १० सम्म ८३ हजार विद्यार्थी रहेका छन्। ती विद्यार्थीहरुलाई १ देखि १४ गतेसम्म पहिलो चरणको भर्ना अभियानमा नै भर्ना भएका सबै विद्यार्थीहरुले पुस्तक पाइसक्ने गरी पाठ्यपुस्तकको व्यवस्था गरेको जिशिअ पाण्डेको भनाई छ। 

गत शैक्षिक सत्रमा ५ देखि १३ बर्षसम्मका ६ सय ४६ विद्यार्थी विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालयको सूचना अधिकृत अशोक पराजुलीले जानकारी दिए।
सरकारले देशव्यापी रुपमा बैशाख १ गतेदेखि १५ गतेसम्म पहिलो चरणको भर्ना अभियानको सुरुवात भएको छ। पहिलो चरणको भर्ना अभियान सञ्चालन गर्दा विद्यालयमा भर्ना हुन नआएका बालबालिकालाई १५ गतेदेखि ३० गतेसम्म दोस्रो चरणको भर्ना अभियान सञ्चालन हुनेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.