|

ताप्लेजुङ : प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा एकजना तीर्थयात्रीको बाटैमा मृत्यु भएको छ। पनौती नगरपालिका काभ्रेका ५८ वर्षीय रामहरि खत्रिको मृत्यु भएको हो।

आइतबार बिहान पाथिभराको दर्शन गरी फर्कने क्रममा माथिल्लो फेदीमा आइपुग्दा स्वाश प्रस्वाशको समस्या  भएको र सोही स्थानमा प्राथमिक उपचार गरी जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जनाएको छ।

मृतक आफ्नी श्रीमती, दाजुलगायतको पारिवारिक टोलीसँगै पाथिभरा दर्शनका लागि आएका थिए। शवलाई काभ्रे लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।  यो सिजनमा पाथीभरा मन्दिरमा नेपालसँगै भारत, बंगलादेशलगायतका देशका तीर्थालुको घुइँचो लाग्ने गर्छ। पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटरको उचाइमा  छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.