|

काठमाडौं : पार्टी एकताको विषय चाँडो टुंग्याउनका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता जारी छ। 

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा जारी वार्तामा केही विवादित विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
यसअघि पटक पटक बोलाइएको वार्ता बस्न नसक्दा पार्टी एकता अन्योलमा परेको थियो। बैशाख ९ मा एकता गर्ने भनिए पनि हालसम्म बैठक बस्न नसक्दा सोही मितिमा एकता हुन्छ/हुँदैन अन्योल छ। 

माओवादीले पार्टीको संगठनमा आधा हिस्सा खोजेपछि विवाद भएको थियो। बिहान १०ः३० देखि जारी ओली–प्रचण्ड वार्तामा पनि यही विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जनाएको छ। यस्तै, पार्टीको चुनाव चिह्न र प्रस्तावनमा जनयुद्ध राख्ने/नराख्ने भन्ने विषयमा पनि विवाद छ। यी विषय हल गर्न ओली र प्रचण्डको वार्ता बसेको बताइएको छ।

यो पनि पढ्नुहोस्ः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.