|

संखुवासभा : जिल्लाको पाँचखपन नगरपालिकाको ८ र ९  नम्बरका वडा अध्यक्षमाथि  नेकपाका  कार्यकर्ताले  कार्यालय नखोल्न भन्दै धम्की  दिएपछि वडा कार्यालय बन्द भएका छन्। चैत २९ गते राति  विप्लवका कार्यकर्ताले चुङखुरुङमा रहेको संयुक्त वडा कार्यालय परिसरमा झन्डा गाड्दै कार्यालयको साइन बोर्डसमेत लगेको  वडा नम्बर ८ का वडा अध्यक्ष छत्र न्यौपानेले जानकारी दिए।

चार दिनबाट अनिश्चितकाल  वडा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन्। नेकपाका  कार्यकताले विभिन्न नम्बरबाट फोन गर्दै कार्यालय खोले  कडा कारबाही गर्ने धम्कीसमेत दिएको वडा अध्यक्ष न्यौपानेले बताए। उनले भने, ‘अन्य  जिल्लातिर सामान्य कारबाही  हात खुट्टा भाँच्ने मात्र भएको छ, यहाँ त्योभन्दा कडा खोलको कारबाही  गर्ने सक्ने चेतावनी दिएका छन्।’ 

के भन्छन् सिडिओ?

नेकपाका कार्यकर्ताको धम्कीपछि वडा कार्यालयहरु बन्द भएको थाहा पाउनासाथ कार्यालय खोल्न आइतबार नै सुरक्षाको टोली पठाइसकिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए।

तर, अहिलेसम्म कुनै पनि सुरक्षा निकायहरु नआइपुगेको  पाँचखपन नगरपालिकाका नगरप्रमुख विपिन राईले बताए। उनले भने, ‘राज्यसँगको माग भएकोले यो विषयमा हामीले केही गर्न सक्दैनौँ,’ उनेले थपे, ‘तत्कालको अवस्थामा हामी ज्यान जोखिममा राखेर गाउँमा  भएको कार्यालय खोल्न आफ्ना कर्मचारी  पठाउन सक्दैनौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.