|

कैलाली : प्रदेश ७ मा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको  छ। नेपाल टेलिकमको सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जानकारी दिएको छ।

बाँकेको कोहलपुरबाट ४ किलोमिटिर पश्चिममा अपटिक्ल फाइबर काटिएपछि प्रदेश ७ मा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालयले जानकारी दिएको छ।  अप्टिकलमा समस्या सोमबार दिउँसोबाट टेलिकमका सबै सेवा अबरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालयका वरिष्ठ लेखा अधिकृत नेत्र भुजेलले जानकारी दिएका छन्।

अप्टिकल फाइबर काटिएपछि टेलिकमका इन्टरनेट, प्रिपेड, पोष्टपेड, एडिएसेल र एसटीडी सेवा पूर्ण रुपमा अवरुद्ध भएका छन्। लोकल टेलिफोन सेवा भने संचालन नै भइरहेको छ। मोबाइल सेवा अवरुद्ध हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको छ।   

सेवा संचालन गर्न कोहलपुरबाट टेक्निकल टिम खटिसकेको भएपनि सेवा कति समय लाग्ने भन्ने विषायमा भने यकीन नभएको टेलिकम क्षेत्रीय कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.