|

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग भेट नभएको जनाएको छ। 

‘हाम्रा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीज्युले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग छानबिन नगर्ने भन्ने विषयमा भेटेर छलफल गरेको र सर्वोच्चसँग समेत उक्त विषयमा सहमति भइसकेको भन्ने समाचार कपोकल्पित, भ्रामक र झुट हो’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्। 

प्रवक्ता भुसालले सञ्चारमाध्यमले जनाएअनुसार मंगलबारको बैठकमा अख्तियारको पछिल्लो कदमबारे समेत कुनै छलफल नभएको स्पष्ट पारिन्। अख्तियारको कदमका विषयमा प्रधानमन्त्री प्रचण्डले बैठकमा कुनै प्रतिक्रिया नदिएको उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.