काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कमिटीले क्यानको निलम्बन फुकुवा गर्न अहिलेको विधान संशोधन गर्न आवश्यक लचकताका साथ प्रस्तुत हुने जनाएको छ।
क्यानको निर्वाचित कमिटीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निलम्बन फुकुवा भई नेपाली क्रिकेटले निकास पाउने विश्वास समेत व्यक्त गरेको हो । क्यान निर्वाचित कमिटीका महासचिव अशोकनाथ प्याकुरेलले आफूहरु सधैं विधि र प्रक्रियाको पक्षमा रहेको दावी गर्दै आगामी दिनमा पनि नेपाली क्रिकेट विधिसम्मत ढंगले चलोस् भन्ने सुनिश्चितता चाहेको पनि स्पष्ट पारे।
क्यानको विशेष साधारण सभा आगामी बैशाख ६ र ७ गते हुँदैछ । महासचिव प्याकुरेलले सोही साधारण सभाले क्यान भित्र देखिएको विवाद समाधान गर्ने विश्वास पनि व्यक्त गरे।
निर्वाचित क्यानले नेपालको निलम्बन फुकुवा गर्नका लागि सम्बन्धित सबै पक्ष जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने पनि स्पष्ट पारेको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।