|

सिरहा : प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मूलन गर्न सुरु भएको विद्यालय भर्ना अभियान अन्तर्गत बुधबार सिरहा पुगेर दुई बालबालिकालाई विद्यालय भर्ना गरेका छन्।

ओलीले सिराहाको कल्याणपुर नगरपालिका ११ मा रहेको रामदुलारी माध्यमिक विद्यालयमा पुगेर दिनेश कुमार र कौशिला देवी मण्डल(खत्वे) की ५ वर्षीया छोरी रुपाकुमारी मण्डल (खत्वे) तथा भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ वर्षका छोरा पवन मल्लिक(डोम) लाई विद्यालय भर्ना गराएका हुन्।

रुपा र पवनलाई विद्यालय पोशाक, पुस्तक र झोलासमेत दिएका थिए।

यी दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले दुवै बालबालिका सफल भएको हेर्न चाहेको बताएका थिए। उनले विद्यार्थीहरूलाई विद्यालयमा टिकाइराख्न सरकारले सबै सहयोग गर्ने प्रतिवद्धता जनाए।

यसअघि वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए।

सम्बन्धित समाचार: 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.