|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन थालिएको छ।

निकुञ्ज कर्मचारी र साझेदार निकायहरुको पहलमा गत सोमबारदेखि निकुञ्जभित्रको शुक्लाफाँटा र आसपासका क्षेत्रमा बाह्रसिंगाको अनुगमन एवं गणनासमेत गर्न थालिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले बाह्रसिंगाको वासस्थान, अवस्था र गणना कार्यसमेत भइरहेको जानकारी दिए। पाँच दिनसम्म सञ्चालन हुने अनुगमनले बाह्रसिंगाको नयाँ वासस्थान एवं समग्र अवस्थाबारे जानकारी हुने उनको भनाइ छ।

यसअघिको रेकर्डअनुसार शुक्लाफाँटामा विश्वमै सबैभन्दा बढी दुई हजार ३०० को संख्यामा बाह्रसिंगाको झुण्ड देख्न पाइने गरेको छ।

निकुञ्जकै मुख्य आकर्षणका रुपमा रहेको बाह्रसिंगाको अवलोकन गर्न निकुञ्ज कार्यालयबाट २४ किलोमिटरको दूरीमा रहेको शुक्लाफाँट उपयुक्त स्थान हो। फाँटमा वन्यजन्तुका लागि चरिचरनसँगै प्यास मेटाउन कृत्रिम तलाउसमेत निर्माण गरिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.