|

इलाम : माई भ्याली गोल्डकपको चौथो संस्करण अन्तरगत अन्तिम प्रि–क्वाटरफाइनल खेलमा आइतबार नेपाल पुलिस क्लबले पाहुनाटोली दुर्गापुर स्टिल कोलकातासँग प्रतिस्पर्धा गर्दैछ। 

इलामको ठुलो टुडिखेलमा अाइतबार अपरान्ह ३ बजेबाट सुरु हुने प्रतियोगितामा पहिलो पटक यी दुई टिम आमने सामने हुन लागेका हुन्। गत संस्करणको माई भ्याली गोल्डकपमा  मनाङ मस्याङ्दीलाई पराजित गदै सेमीफाइनलसम्मको यात्रा तय गरेको नेपाल पुलिस क्लब सेमीफाइनलमा त्रिभुवन आर्मीसंग २–० ले पराजित भएको थियो। 

पुलिसले पछिल्लो पटक सहभागिता जनाएको ७ बटा प्रतियोगिता मध्ये ४ वटामा फाइनलमा पुगेको गियो थियो भने ३ वटा प्रतियोगितामा क्वाटरफाइनलसम्म मात्र पुग्न सफल भएको थियो। पुलिसले १६ औ आहारारा गोल्डकपको फाइनलमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै उपाधी जितेको थियो। त्यस्तैगरी २० औ तिलोत्तमा गोल्डकपमा थ्रीस्टारसंग २–० ले पराजित भएको थियो। तेश्रो हेटौडा गोल्डकपको उपाधिकालागि त्रिभुवन आर्मीसँग ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित भएको थियो।  २० औ बुढासुव्वा गोल्डकपमा थ्रीस्टारसँग १–० गोल अन्तरले पराजित बन्दै नेपाल पुलिस क्लब उपविजेता बनेको थियो। 

गत संस्करणमा समेत सहभागीता जनाएको दुर्गापुर स्टिल पहिलो खेलमा रुपन्देहीसँग ट्राइवेकरमा ४–२ गोल अन्तरले पराजित बनेको थियो। २० औ संस्करणको बुढाुसुव्वा गोल्डकपमा सहभागी भएको दुर्गापुर स्टिल क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई सडनडेथमा हराएको सेमीफाइनल पुगेको थियो। सेमीफाइनल खेलमा थ्रीस्टारसँग १–० ले पराजित भएकाे थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.