|

काठमाडौं : आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल÷अचल सम्पत्ति नै बिक्री गर्ने प्रयासमा देखिएका छन् । सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्यका लागि व्यवसायी सहयोग नगरे बैंक खाता रोक्कालगायतका कारवाही गर्ने चेतावनी दिएको छ ।

यस्तै, सरकारले साउन १ गतेदेखि देशभरका यातायात समिति नै नवीकरण नगर्ने निर्णय गरिसकेको छ। सरकारको निर्णयपछि व्यवसायीले बैंक खाताबाट धमाधम रकम निकालेको पाइएको छ भने केही समितिले भौतिक सम्पत्ति नै बेचबिखनको प्रयास गरेको पनि खुलेको छ।

आइतबार बुढानिलकण्ठ मिनिबस व्यवस्था समितिका पदाधिकारीहरु आफ्नो नाममा रहेको जग्गा बिक्री गर्न चाबहिलस्थित मालपोत कार्यालय पुगेका थिए। तर, उनीहरुको प्रयास भने सफल हुन सकेन।

संस्थाको नाममा रहेको जग्गा पछि आफ्नो नाममा नआउने हो कि भन्ने डरले समितिहरुले जग्गा बेच्न सुरु गरेको गृहमन्त्रालयको बुझाइ छ। स्रोतका अनुसार मालपोत कार्यालय चाबहिलले नै समितिको नाममा रहेको जग्गाको स्वामित्व व्यक्तिको नाउँमा हस्तान्तरण गर्न अस्वीकार गर्‍यो।

बुढानिलकण्ठ मिनिबस व्यावस्था समितिले आफ्नो नाममा रहेको साविकको विष्णु– बुढानिलकण्ठ गाविसमा रहेको ५ आना जग्गा बिक्रि गर्न आएको मालपोत कार्यालय चाबहिलका प्रमुख बद्री कार्कीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.