|

इलाम :  इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा  मनाङ मस्याङ्दी क्लबले घरेलु टिम माइभ्याली फुटबल क्लबको सामना गर्दैछ। 

सोमबार अपरान्ह ३ बजेबाट ठूलो टुडिखेलमा  हुने खेलमा राष्ट्रिय टिमका कप्तान विराज मर्हजन सहित ६ जना राष्ट्रिय खेलाडीहरु सम्मिलित मनाङ पहिलो पटक माइभ्याली फुटबल क्लबसंग भिडन् लागेको हो।  सन् २०१८ को सिजनको हालसम्म सहभागिता जनाएको ८  प्रतियोगितामध्ये मनाङ मदन भण्डारी स्मृती इटहरी गोल्डकप बाहेक अन्य प्रतियोगिताको फाइनलसम्म पुग्न सकेको छैन। इटहरीमा मनाङ थ्रीस्टारसँग फाइनलमा १–० ले पराजित भएको थियो। मनाङ ४ वटा प्रतियोगिताको सेमीफाइनल र ३ वटा प्रतियोगिताको क्वाटरफाइनलबाटै पराजित बन्यो। 

सिजनको पहिलो प्रतियोगिता दोश्रो खप्तड गोल्डकपमा मनाङ त्रिभुवन आर्मीसँग सेमीफाइनलमा ३–१ गोल अन्तरले पराजित भएको थियो। त्यसैगरी १६ औ आहारारा गोल्डकपमा पुलिससँग मनाङ समान ३–१ ले पराजित बन्यो। २० औ बुढासुब्बा गोल्डकपको पहिलो खेलमा नै मनाङ संकटासंग १–० ले पराजित बनेको थियो। 

 तेश्रो हेटौडा गोल्डकपको सेमीफाइनलमा मनाङको चुनौती आर्मीले १–० ले पन्छाएको थियो। १३ औ विकास रनिङ शिल्डको सेमीफाइनलमा थ्रीस्टारसंग निर्धारित समयमा १–१ गोल भएपछि सडनडेथमा मनाङ पराजित भएको थियो। २० औं तिलोतमा गोल्डकपको सेमीफाइनलमा परिचित प्रतिद्वन्द्वी थ्रीस्टारले मनाङलाई २–१ ले हरायो। विराट गोल्डकपको क्वाटरफाइनल खेलमा मनाङ थ्रीस्टारबाट समान २–१ ले नै पराजित बन्यो।

मनाङ राष्ट्रिय टिमका कप्तान विराज महर्जन, विशाल राई ‘बी’, हेमन गुरुङ, विशाल श्रेष्ठ, अन्जन बिष्ट, सुजल श्रेष्ठ सहित मैदान उत्रदैछ भने आयोजक माइभ्याली यु–२३ का छिरिङ गुरुङ, यु–१९ का मनिष थापा, यु–१६ का दर्शन गुरुङ सहित मैदान उत्रने छ। चार संस्करणको इतिहासमा आयोजक पहिलो पटक अघिल्लो चरणमा पुग्न सफल भएको हो। आयोजकले क्वाटरफाइनलसम्म पुग्न पहिलो प्रि–क्वाटरफाइनलमा कास्की–११ लाई ३–२ ले पराजित गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.