|

चितवन : गृहमन्त्री रामबहादुर थापाले एमाले-माओवादी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन्।

सोमबार पत्रकारहरुसँगको कुराकानीमा उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरू पनि तय भइसकेको जानकारी दिए।

संयोजन समितिले मिति तोक्नमात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक कारण ऐतिहासिक दिन वैशाख ९ गते एकता घोषणा हुन नसकेको प्रष्ट्याए। “जनयुद्धको भूमिकालाई संलेषण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको संरचना कस्तो हुने भन्ने विषय पनि टुंगिइसकेको छ।” उनले भने, “बाँकी टुङ्ग्याउनु पर्ने विषय छैन। छिट्टै नै एकताको घोषणा हुन्छ।”

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का सबै नेताको व्यवस्थापन गर्ने विषय पनि अन्तरिम विधानमार्फत टुंगो लागेको र केन्द्र, प्रदेश र जिल्लामा दुई पदीय नेतृत्व रहने छ भन्दै गृहमन्त्री थापाले कोही कसैका कारण दुई पार्टीको एकतामा असर नपर्ने उल्लेख गरे

अर्के एक प्रश्नमा मन्त्री थापाले प्रहरीको संरचना संघीय र प्रादेशिक हुने र त्यसका लागि मन्त्रिपरिषद्ले निर्देश गरिसकेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.