|

काठमाडौं : गर्मी बढेसँगै उपत्यकामा भाइरल ज्वरो, टाइफाइड र झाडापखलाका बिरामी बढेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा एक सातायता टाइफाइड, भाइरल ज्वरो र झाडापखलाको समस्या लिएर आउने बिरामीको संख्या पनि बढ्दै गएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

उनले भने, 'गर्मी बढेर होला एक सातायता अस्पतालमा ज्वरो, टाइफाइड र झाडापखलाका बिरामी धेरै आउन थालेका छन्।' हाल अस्पतालमा दैनिक ४० जना बढी ज्वरो, २० बढी झाडापखाला र टाइफाइडका बिरामी आउने गरेको डा. पुनले बताए।

यो मौसम परिवर्तन हुने समय भएकाले पनि भाइरलजन्य संक्रमणका बिरामी बढ्दै गएको डा. पुनको भनाइ छ। गर्मी बढेसँगै पानीजन्य संक्रमण बढ्ने हुँदा पानी उमालेर मात्र खाने, घरबाहिर निस्कँदा माक्सको प्योग गर्ने, बासी खानेकुरा नखाने गर्नुपर्नेसमेत डा. पुनले बताए।

यस्तै, भीडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र सफा ताजा खानेकुरा खानुपर्ने र ज्वरो बढ्दै गएमा तुरुन्त अस्पताल जानु पर्ने डा. पुनको सुझाव छ।

यस कारण बढ्दै छन् भाइरलका बिरामी

अहिले मौसम परिवर्तन हुने समय पनि भएकाले  मौसममा आउने फेरबदलका कारण भाइरलजन्य संक्रमण, झाडापखला देखापर्ने डा. पुनले बताए। चिकित्सकहरूका अनुसार यो समयमा श्वासप्रश्वासको समस्या भएका, दीर्घ रोगी, सुगर, प्रेसर, अंग प्रत्यारोपण गरेका, साना बालबालिका र ४५ वर्षमाथि उमेर समूहका व्यक्ति जोखिममा हुदाँ विशेष ख्याल गर्नुपर्नेसमेत डा. पुनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.