|

कञ्चनपुर : कृष्णपुर नगरपालीका २ बंक नजिक कैलालीको अत्तरिया तर्फ जाँदै गरेको से ४ प २४१७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा अन्दाजी १८ बर्षीय युवकको मृत्यु भएको छ। उक्त मोटरसाइकलको ठक्करबाट अन्य चार घाइते भएका छन्।

मृत्यु हुनेमा कृष्णपुर नगरपालीका २ वण्डका प्रकाश बोहरा रहेको ईलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायव निरीक्षक भरतसिंह धामीले बताए।

बोहराको उपचारका क्रममा कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो।

सडकमै बोहरासँगै पैदल हिडँदै गरेका सोही ठाउँका वर्ष १४ का धर्म महता, वर्ष १४ का टंक महता, वर्ष १६ का नविन शाही र वर्ष १५ का टेकेन्द्र शाही घाइते भएका छन्।

घाइतेमध्ये धर्म र टंकको वाणि स्थित अस्पतालमा उपचार भइरहेको छ भने नविन र टेकेन्द्र सामान्य उपचार पछि घर फर्केका छन्।

मोटरसाईल चालक कृष्णपुर ५ अत्तरिया पट्टिका अशोक चौधरी र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.