शीघ्र महाधिवेशन बोलाउन देउवालाई दबाब

|

काठमाडौं : नेपाली कांग्रेसको जारी केन्द्री कार्ययमिति बैठकमा केन्द्रीय सदस्यहरूको बोल्ने क्रम मंगलबार पनि जारी रहेको छ।

मंगलबारको बैठकमा कांग्रेसका युवा नेताहरूको तर्फबाट केन्द्रीय सदस्य गगन थापाले ५१ पृष्ठ लामो दस्तावेज पेश गरेका छन्।

'६ भाइ' नामले चिनिने यो समूहमा केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे रहेका छन्।

यो समूहले सभापति शेरबहादुर देउवालाई तत्काल महासमिति बैठक बोलाउन र संशोधित विधान पारित गरेर शीघ्र महाधिवेशनमा जान दबाब दिएका छन्। उनीहरूले पार्टीलाई चुस्त दुरुस्त बनाउन नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन्।

वर्तमान नेतृत्वले पार्टीलाई अगाडि बढाउन नसक्ने यी नेताहरूको निष्कर्ष रहेको छ। पाँच वर्षपछिको चुनाव जित्नेगरी अगाडि बढ्न पार्टीले तत्काल कदम चाल्नुपर्ने यी नेताहरूको सुझाब रहेको छ।

पढ्नुहोस्, दस्तावेजको पूर्णपाठ:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.