|

सिन्धुपाल्चोक : भूकम्पले भत्काएका घर पुनर्निर्माणको कामले पछिल्लो समय तीव्रता पाएको छ। जिल्लाबाहिरका कामदार आएपछि पुनर्निर्माणका कामले तीव्रता पाएको हो।

जिल्लामा कामदारको अभाव भइरहँदा पुनर्निर्माण कामका लागि बाहिरी जिल्लाबाट कामदार आएपछि सजिलो भएको भूकम्पपीडितहरूको भनाइ छ। कामदार नभएर पहिलो किस्ता लिएका अधिकांशले डीपीसी पनि गरेका थिएनन्। तर, बाहिरका कामदार आएपछि अधिकांशले डीपीसीको काम सकेर दोस्रो किस्ता बापतको रकम लिइसकेका छन्। 

‘बाहिरबाट मान्छे नआएका भए धेरैले डीपीसी नै गर्न सक्दैनथे,’ हेलम्बु गाउँपालिका–६ का सुकवीर तामाङले भने, ‘रुकुम, रोल्पा, हुम्ला, जुम्ला, सुर्खेतलगायतका जिल्लाबाट पुनर्निर्माणमा काम गर्न कामदार आइरहेको छन्।’ 

सिन्धुपाल्चोकमा पुनर्निर्माण कामका मजदुरमध्ये ८० प्रतिशतभन्दा बढी जिल्लाबाहिरका छन्। कामदारको अभावमा भूकम्प गएकोे साढे दुई वर्षसम्म पुनर्निर्माण शुरु हुनु सकेको थिएन। तर, पछिल्लो समय पुनर्निर्माणले गति लिएको छ। 

महङ्गो पुनर्निर्माण 

पछिल्लो समय भूकम्प प्रभावित क्षेत्रमा एकसाथ पुननिर्माणले गति लिएको छ। जसका कारण भूकम्पपीडिहरुले महँगीको सामना गर्नु परिहरेको छ। 

‘जताततै पुननिर्माणको काम सुरु भएको छ,’ चौतारा साँगचोकगढी नगरपालिका ४ का सिताराम नेपालले भने ‘सिमेन्ट, गिट््टी, बालुवा, डन्डी, ढुंगालगायतका निर्माण सामग्रीकोे भाउले आकाश छोएको छ।’ 

राम्रो आम्दानी

पुनर्निर्माणका काममा मध्यपश्चिमका सयौं कामदार छन्। यस क्षेत्रका दाङ, सुर्खेत, डोटी, बझाङलगायतका जिल्लाबाट मजदुरहरु कार्यतर छन्। 

काम गर्दा राम्रै ज्याला पाएका मजदुरहरुको बताउँछन्। मजदुरहरुले दैनिक एकदेखि एक हजार ३०० रुपैयाँसम्म ज्याला पाएका छन्। भारतको गुजरातमा महिनाभरी काम गर्दा मुस्किलले १० हजार कमाइ गर्ने दैलेखका रत्नबहादुर राउत यहाँ मासिक ३० हजार कमाइ गरेको बताउँछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.