|

डडेल्धुरा : पछिल्लो समयमा धेरै युवा देशमा रोजगारी पाइएन भनेर विदेशतिर उड्छन्। स्वदेशको जल, जमिन छोडेर गाउँगाउँका नेपाली युवा खाडी मुलुक तथा भारतीय सहरमा ऊर्जा खर्चिरहेका छन्।

एक गाँस खान, एकसरो लगाउन र घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौँ युवा विदेशी भूमिमा पुग्छन्। तर, विदेश गएर फर्किएका केही जाँगरिला युवाहरु स्वदेशमै विभिन्न किसिमका व्यवसाय गरेर देशमै लाखौँ आम्दानी गरिरहेका छन्।

यसैको एक उदाहरण हुन्, डडेल्धुराको अजयमेरु गाउँपालिका-४ चिपुरका ३४ वर्षीय राजबहादुर ऐडी। २०६५ सालतिर देशमा रोजगारी केही नभेटाएपछि राजबहादुर रोजगारीका लागि भारत गए। उनले त्यहाँ चार महिना चौकीदारीको काम गरे। चौकीदारी गरेबापत त्यो समयमा उनले भारतमा एक महिनाको दुई हजार कमाइ हुने गरेको उनी बताउँछन्।

एकदिन उनले सोचे अर्काको देशमा दिनरात नभनी पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गरेर देखाउँछु भन्ने अठोट गरे। भारत गएको चार महिना पुगेलगत्तै उनी आफ्नै जन्मभूमि फर्किएर। १० वर्षदेखि तरकारी खेती गर्दै आइरहेको छन् उनी।

नेपालको पसिना नेपालकै भूमिमा

‘कृषि पेसामा लागेको करिब १० वर्ष जति भयो। पहिले पढाइ थियो, पढाइ सकिएपछि चार महिना भारत गएँ।’ उनले भने, ‘त्यहाँ बस्दा आफ्नै देशमा पसिना बगाउजस्तो लाग्यो। त्यसैले व्यवसायीकरुपमा तरकारी खेतीतिर लागेको छुँ।’

भारतमा गरेको प्रेरणाले नै आफू तरकारी खेतीतर्फ लागेको उनको भनाइ छ । ‘भारत छँदा चार महिना चौकीदारी गरेँ। त्यहाँ चौकीदारी मात्रै पाइयो।’ उनले भने, ‘चौकीदारीको परिणामस्वरुप नै कृषि पेसातिर लागेको हुँ।’ नेपालीको पसिना नेपाली माटोमै प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यले आफूले भारतबाट आएर तरकारी खेतीतिर लागेको उनले सुनाए।

उनी पाँच रोपनीमा तरकारी खेती गर्दै आइरहेका छन्। टमाटर, काउली, पीरो खुसार्नी, काक्रा, प्याजलगायतका तरकारीहरु फलाउँछन् ऐडी। तीनवटा ‘पोली हाउस’ एक सिजनामा २० देखि २५ क्विन्टल टमाटर उत्पादन गरिरहेको उनी बताउँछन्।

तरकारी खेतीबाटै जनजीविका 

कृषि पेसाबाट आफू सन्तुष्ट रहेको ऐडी बताउँछन्। तरकारी खेती लगाइसकेपछि आफ्नो खानेबानीमा पनि सुधार भएको उनको भनाइ छ। ‘म यो पेसाबाट एकदम सन्तुष्ट छु। पेसाबाट सन्तुष्ट हुने कारणहरु पनि छन्।’ उनले भने,‘सबैभन्दा पहिले त यो तरकारी लगाइसकेपछि हाम्रो खानेबानी सुधार भयो। जसले गर्दा हाम्रो पोषण सुधारमा सेवा पुगाउँछ।’ उनी तरकारी खेतीबाट राम्रै आम्दानी पनि गरिरहेका छन्। एक वर्षमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको ऐडी बताउँछन्।

पहिले गहुँ, धान, कोदो र मकै खेती गरी परिवारका सबै सदस्यलाई साँझ बिहानको छाक टार्नसमेत समस्या झेल्दै आएका ऐडी परम्परागत खेती छोडेर तरकारी खेती गर्न थालेपछि सहज ढंगले जीविका चलाइरहेका छन्।

तरकारी बेचेको पैसाले नै घर परिवार धानेको उनको भनाइ छ। घरमा उनीसहित ६ जनाको परिवार छ। उनका दुई छोरी र एक छोरा छन्। छोराछोरीको पढाइ खर्च पनि उनले तरकारी व्यवसायबाटै धाने उनले सुनाए।

‘मेरो बाहिरी अन्य आम्दानीको बाटो केही पनि छैन। व्यसायीकरुपमा तरकारी खेती गरिरहेको छुँ।’ बारीमा लगाएको तमाटरको बोट देखाउँदै ऐडीले भने, ‘यी बोटहरुलाई आफ्नै छोरीछोरीको जसरी पालनपोषण गरिरहेको छु। बोटले पनि राम्रै उत्पादन दिइरहेका छ। यसैबाट राम्रै आम्दानी गरिरहेको छुँ।’

सफलता हुनुमा घरपरिवारको साथ

व्यावसायिक तरकारी खेती गर्दा घरपरिवारका अन्य सदस्यहरुले पनि साथ दिइरहेको उनले बताएका छन्। ऐडीले तरकारी खेती सुरुवात गर्दा परिवारका सुरुमा साथ दिएनन्।

‘तरकारी सुरु गर्दा पारिवारिक साथ मिलेन। घरका मान्छे यति धेरै जमिनमा तरकारी खेती लगाउनु हुँदैन। धान गहुँ नै लगाउनुपर्छ भन्थे।’ उनले भने, ‘व्यावसायिक रुपमा नै गर्छु भनेर पछि आम्दानी पनि हुने देखपछि अहिले मेरो कामलाई घरिवारको पनि पूर्ण सहयोग छ।’ अहिले परिवारको सहयोगका कारण आफूलाई ऊर्जा थपेको उनले सुनाए।

तरकारीमा लाग्ने रोगले चिन्तित

जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्न थालेपछि तरकारी उत्पादन गर्ने किसानको संख्यामा वृद्धि हुँदै गए पनि बेलाबेला तरकारी खेतीबाटै सन्तुष्ट रहेका किसानहरू तरकारीमा लाग्ने रोगहरूले भने चिन्तित छन्।

कहिलेकाहीँ तरकारी खेतीमा कीरा लाग्ने हुँदा आफूहरूलाई यसले चिन्तित बनाउने गरेको ऐडी बताउँछन्। उनी भन्छन्,‘तरकारी खेती गर्दा तरकारीमा विभिन्न किसिमका कीराहरु लाग्छन्। यसले हामीलाई चिन्तित बनाउँछन्। तर, स–साना रोगहरु देख्ने वित्तिकै हातखुट्ट छोड्नु हुँदैनन्। कर्म गरिराख्नु पर्दछ।’

तरकारी खेती गर्दा खेरी धेरै समस्याहरु आउने गरेको उनको बताए। नर्सरी राख्नेदेखि लिएर तरकारीलाई बजार पुर्‍याउने बेलासम्म समस्याहरु आफूले खेप्नु परेको उनले सुनाए। तर, युवाहरुले समस्या आए पनि संर्घष गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ। तरकारी खेती गर्दा आफ्नो ठाउँमा पानीको समस्या रहेको ऐडी सुनाए। पानीको समस्या भएको ठाउँमा थोपा सिंचाइको व्यवास्था गरेको पनि उनले बताए।

सदरमुकाम पुग्छ गाउँको तरकारी

उत्पादन गरेको तरकारी सदरमुकाम पु¥याएर बिक्री गर्ने गरेको राजबहादुर बताउँछन्। केही तरकारी स्थानीय पसलहरुमा खपत हुने र बाँकी तरकारी जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा बिक्री गर्ने उनको भनाइ छ।

‘व्यावसायीकरुपले तरकारी खेती गर्ने हुनाले स्थानीय बजारमा त्यती धेरै खपत हुँदैन।’ उनले भने,‘त्यसै बाँकी रहेको तकारी सदरमुकाम पु¥याउने गरेको छुँ।’ हामीले यहाँ उत्पादन गरेको आलुको बिउ धनगढीसम्म पनि पुर्‍याउन सफल भएका छौँ।’

गरिब किसानहरुले उत्पादन गरेका तरकारी धन र ठूल्ठूला कर्मचारीको चुलोमा पुगाउन पाउँदा धेरै नै खुशी लागेको उनले सुनाए। ‘गरिब किसानहरुले उत्पादन गरेको तरकारी धनीहरु र कर्मचारीको चुलोमा पाकीरहेको छ। उनले भने,‘उहाँहरुका चुलोसम्म हामीले उत्दापन गरेको तरकारी पु¥याउन पाउँदा सन्तुष्ट छौँ।’

विदेशिने युवाहरुलाई यस्तो छ राजबहादुरको सुझाब

युवाहरुले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी हुने उनी बताउँछन्। आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवाहरु विदेश पलायन हुनु नपर्ने उनको भनाइ छ।

‘युवाहरुले आफ्नै देशमा केही न केही व्यापार व्यवसाय गर्नु पर्दछ।’ राजबहादुरले भने,‘यही नेपालकै भूमिमा युवाहरुले पसिना बगाऔँ।’ विदेश जानु हुँदैन।’

देशमा जे काम गरे पनि राम्रोसँग बुझेर र लगनशील भएर गर्नपर्नेको सुझाव छ। विदेशी भूमिमा १२ घण्टा पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा नेपाली भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिने उनको ठम्याइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.