काठमाडौं : सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक क्षेत्रको सूची सार्वजनिक गरेको हो।
यससँगै अब सबै प्रकारका यातायात सेवा (जल, स्थल र हवाइमार्ग) बन्द हडतालमुक्त क्षेत्र बनेको छ। यी तीनवटा माध्यमबाट हुने यात्री वा मालसमान ओसारपसार गर्ने यातायात सेवामा हडताल गर्न पाइने छैन।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम सरकारले अत्यावश्यक सेवाको सूची सार्वजनिक गरेको हो। सार्वजनिक हितका लागि आवश्यक आदेश प्रकाशित गरी बन्द हडताल निषेध गरिएको सेवा तोक्न सक्छ। यसरी निकालिएको प्रत्येक आदेश छ महिनासम्म लागु हुन्छ। आदेश प्रकाशित भइसकेपछि बन्द हडतालमा भाग लिने व्यक्तिलाई छ महिनासम्म कैद, २०० रुपैयाँ जरिवाना तथा दुवै सजायसमेत हुन सक्ने प्रावधान छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।