|

कपिलवस्तु : कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनाल (बलदेव) ले किसानको लागि परिचयपत्र बनाई पेन्सन पाउने व्यवस्था गर्न अावश्यक भएकाे बताए। नेपालको ८० प्रतिशत जनता कृषिमा आवद्ध भए तापनि ६६ प्रतिशतले मात्र किसानी काम गरेको कृषि मन्त्रीले बताए। त्यसमा ३० प्रतिशत जनतालाई पनि खान नपुग्ने अवस्था रहेको मन्त्री खनालले बताए। 

२५६२ औं बुद्ध जयन्ती समापन समारोहमा मंगलबार कपिलवस्तु तिलोराकोट दरवारमा आयोजित कार्यक्रममा मन्त्री खनालले विगतमा यस जिल्लाको कृषि उब्जनीले भने पाँच जिल्लालाई धान्ने गरेको जिकिर गरे। यस्तै कपिलवस्तु जिल्लामा सिँचाइको लागि नौमुरेको पानी चाँडो भन्दा चाँडै नहर बनाइ ल्याउनु पर्नेमा पनि जोड दिए। 

तत्कालको लागि किसानको खेत सिँचाइका लागि जिल्लामा भएका केही टयुवेलहरू, संरक्षित पोखरी र बन्दै गरेका बांँधबाट छिटो भन्दा छिटो खेतमा पानी पुर्‍याउने पनि उनले बताए।मन्त्री खनाल भने, ‘बाणगंगा नदी किनाराकाे हजारौ विगाहा जमिन किसानलाई खेती गर्न दिनुपर्छ। त्यहाँबाट उत्पादन हुने तरकारी सरकारले नै खरिद गर्ने व्यवस्था गर्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.