|

काठमाडौं:  तीन दिनअघि अफगानिस्तानकाे काबुलमा भएकाे अात्मघाती बम हमलामा ११ पत्रकारसहित २६ जनाकाे ज्यान गएको विरोध स्वरुप विभिन्न किसिमका कार्यक्रमहरू गरिदै आएको छ। तीनै  पत्रकारको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।

 नेपाल पत्रकार महासंघ र फोटो पत्रकार (पीजे) क्लबको संयुक्त आयोजना भएको कार्यक्रममा सहभागी पत्रकार ‘प्रे फर काबुल’ र 'स्टप किलिङ जर्नालिस्ट' लगायतका प्लेकार्ड  लिएर प्रदर्शन गरेका थिए। 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य , पीजे क्लबका अध्यक्ष विकास कार्की, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, बरिष्ठ फोटो पत्रकार विकास रौनियारले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.