|

गौशाला : महोत्तरीको बर्दिबास–जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर  सहचालको मृत्यु भएको छ। एकडारा गाउँपालिकाको बहेडा बस्ने ४० वर्षीय श्याम मण्डलको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

ना ४ ख ५६४७ नम्बरको  बस आइतबार साँझ बर्दिबासबाट जलेश्वर जाने क्रममा औरही नगरपालिका–८ टिम्किया गाउँमा बसको छतमा सामान हालेर तल झर्ने क्रममा सहचालक मण्डल बसको छतबाट सडकमा लडेका थिए।

अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गरेको अवस्थामा बाटैमा उनको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.