|

इलाम : पिकअप आगजनीमा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय इलामले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले शनिबार बिहान सवा ३ बजे इलामबाट प्याज बोकेर पाँचथरतर्फ जाँदै गरेको को१च ८७१५ नम्बरको पिकअप आगजनी गरेको आशंकामा इलाम नगरपालिका– ३ जौवारीका २५ वर्षीय काजीमान सुनुवार, ३७ वर्षीय चन्द्र थापा, ३२ वर्षीय समीर भनिने सञ्जीवकुमार राई तथा सूर्योदय नगरपालिका– १२ आइतबारेका ३४ वर्षीय लाक्पा शेर्पालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक विपीनकुमार कर्मचार्यले जानकारी दिए। 

उनीहरुको साथबाट नेपाल कम्युनिस्ट पार्टीको लेटरप्याड, चन्दा रसिद, ठेकेदारहरूको नामावलीसहितको नोटबुक, माक्र्सवाद, लेनिनवाद र माओवादसम्बन्धी विभिन्न दस्तावेजसमेत नियन्त्रणमा लिएको कर्मचार्यले बताए। 

इलाम नगरपालिका–४, पुवाखोला नजिकै अज्ञात समूहले शनिबार पिकअपमा आगजनी गरेको थियो। सोही दिन नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तारमा परेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहाइको माग गर्दै नेपाल बन्दको आह्वान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.