|

सिन्धुपाल्चोक :  इन्द्रावती गाँउपालिकामा चितुवाको चारकिलो मासु र छालासहित चार जनालाई प्रहरीले पक्राउ गरको छ। 

वैशाख २५ गते  सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका १२ स्थित पिपलटार बस्ने भाईचा दनुवारले बाघ मारेको छ खवर प्राप्त भई प्रहरी चौकी भिमटार सिन्धुपाल्चोकबाट खटिई गएको प्रहरीको टोलीले निजको घरमा लुकाई छिपाई राखेको बाघको छाला र चार किलो बाघको मासु समेत बरामद गरेकाे हाे। 

साेही घटनामा संलग्न मध्येका सोही गाउँपालिका  पिपलटार बस्ने बर्ष २० को नारायण दनुवार,  बर्ष २६ को लक्ष्मण दनुवार, बर्ष २४ को सविन दनुवार, बर्ष ४५ को ज्ञान बहादुर दनुवार समेत ४ जनालाई नियन्त्रणमा लिई बरामदी छाला, मासु र पक्राउ परेका निजहरुलाई थप अनुसन्धानको लागि ईलाका वन कार्यालय नवलपुर सिन्धुपाल्चोकबाट खटिई आएको वन अधिकृत समेतको टोलीलाई बुझाएको र फरार रहेका भाईचा दनुवारको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.