|

काठमाडौं : काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमनत्री नरेन्द्र मोदीलाई प्रदान गरिएको अभिनन्दनपत्रमा नेपाल सम्वत् र रञ्जना लिपिको पनि प्रयोग गरिएको छ।

रञ्जना लिपि ऐतिहासिक शिलालेखहरुमा प्रयोग गर्दै आएको लिपी हो। अभिनन्दन पत्रमा दुई ठाँउमा रञ्जना लिपीको प्रयोग गरिएको छ। अभिनन्नदपत्र र काठमाडौं महानगरपालिका शब्द ठूलो अक्षरमा रञ्जना लिपिमा लेखिएको छ। 

महानगरपालिकाले नेपाली भाषाका अतिरिक्त नेपाल भाषा र रञ्जना लिपिको प्रयोग र संरक्षण गर्दै आएको सन्देश अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्न त्यही भाषा र लिपिको प्रयोग गरेको बुझिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.