|

काठमाडौं : खाना पकाउने एलपी ग्यास पछिल्लो तीन वर्षमा बजारमा ४० लाखले वृद्धि भएको छ। नेपाल आयल निगमले २०७१ फागुन मसान्तसम्म ६२ लाख ६० हजार ९५३ संख्यामा प्रमाणित गरेकोमा सिलिन्डरको संख्या अहिले एक करोड दुई लाख २२ हजार ७४३ पुगेको हो।

उद्योग, वाणिज्यउ तथा आपूर्ति मन्त्रालयका उपसचिवको संयोजकत्वमा गठित पाँच सदस्यीय उपसमितिले गरेको अध्ययनले ५६ वटा ग्यास बोटलिङ प्लान्टमा एक करोड दुई लाख २२ हजार ७४३ संख्यामा सिलिन्डर फेला पारेको हो। उपसमितिले ५६ वटा उद्योगसँग बजारमा कति संख्यामा सिलिन्डर छन् भनेर अध्ययन गरेको थियो।
उद्योगीले नयाँ सिलिन्डर बजारमा ल्याउँदा निगमसँग अनिवार्य रूपमा स्वीकृति लिनुपर्छ। नाकाबन्दीका वेला व्यवसायीले पुराना नसाटेर नाफा कमाउनका लागि नयाँ बजारमा पठाएकाले पनि सिलिन्डरको संख्या धेरै भएको निगमको भनाइ छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार ५४ लाख २३ हजार २९७ घरधुरीमध्ये २१ प्रतिशतले मात्र एलपी ग्यास प्रयोग गर्छन्। पौने तीन करोड जनसंख्या रहेको मुलुकममा एक करोडभन्दा बढी ग्यास सिलिन्डर आवश्यकताभन्दा धरै भएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराई बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.