|

काठमाडौं : फिल्म 'अमेरिका बोइज'को ट्रेलर रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजा गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। प्राय: सम्पूर्ण कलाकारलाई फिचर गरिएको ट्रेलरमा कमेडी पाटोलाई बढि प्राथमिकता दिइएको छ।

जेठ १८ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका छन्। फिल्ममा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दीप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय छ। 

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेको लगानी रहेको फिल्ममा समिर खरेल कार्यकारी निर्माताका रुपमा रहेका छन्। दुई करोड लगानी रहेको यस फिल्ममा अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन्।

विवेक पाण्डेको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सम्राट बस्नेतको 'एक्सन', सुनिल क्षेत्री र नेपाली ठिटोजको कोरियोग्राफी छ।

हेर्नुहोस् ट्रेलर :  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.