|

काठमाडौं : लोक कथनअनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो खेतको आलीमा राखी काम गर्ने क्रममा हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भुतले भोटो लगाएको देखेको थियो। त्यो भोटोलाई त्यसपछि किसानले आफ्नो भोटो  भनेर दाबी गर्‍यो। 

त्यसपछि दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो। सो विवाद राजासमक्ष पुर्‍याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन्। उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए।

सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनेर  चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ। हरेक बर्ष यो जत्रामा राष्ट्र प्रमुखहरूको उपस्थितिमा भोटो देखाइन्छ। 

राष्ट्रप्रमुख्लगायत विशिष्ट व्यक्तिको उपस्थितिमा  मच्छिन्द्रनाथको भोटो रथको चारैकुनाबाट तीनपटक देखाइयको थियो भोटो देखाउने क्रममा परम्परागत बाजा मच्छिन्द्रनाथको मृदङ्ग भजन र इन्द्र बाजा (काँ बाजा) बजाइएको थियो। 

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै पाटनकी जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गरिन्। त्यसैगरी उनले मीननाथको पनि दर्शन गरेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा अोलिले पनि मच्छिन्द्रनाथको दर्शन गरी कुमारीको हातबाट टीका ग्रहण गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.