|

काठमाडौं : कतारका अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्। 

 विमानस्थलमै उनलाई नेपाली सेनाले २१ तोपको सलामी दिएको छ।

कतारी राजा थानीले आजै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोज आयोजना गरेका छन्।

थानीले भोलि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग द्विपक्षीय वार्ता गर्ने र वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.