|

काठमाडौं : काठमाडौंको मत्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा बुधबारदेखि एक महिने मेला सुरु भएको छ। पुण्य आर्जन हुने धार्मिक विश्वासका साथ मत्छेनारायण मन्दिरमा हरेक तीन वर्षमा एक महिना मेला मनाउने गरिन्छ। 

मेलामा देश, विदेशमा दर्शनार्थीहरूको समेत घुइचो लाग्ने गरेको मेला आयोजक समितिका संयोजक एवम् चन्द्रागिरी नगरपालिका–९ का वडाध्यक्ष देबेन्द्र महर्जनले जानकारी दिए। वडाले मेलाको सम्पूर्ण व्यवस्थापन गरेको छ । मेलामा आई पुण्य आर्जन गर्न पनि वडाध्यक्ष महर्जनले सबैलाई आग्रह गरे।

हरेक ३ वर्षमा यो मन्दिरमा मेला लाग्ने गर्दछ । मलमासको अवधिभर यहाँ मेला लाग्ने र मेला भर्न काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रबाट हजारौं दर्शनार्थीहरुको आउने गरेका छन। 

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिनाका रुपमा परिचित यो महिना सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन चार घडी पछि पर्दछ। अधिकमासका रुपमा लिइने यस महिनाको अधिपत्य भगवान पुरुषोत्तमले स्विकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ। 

यस अवधिमा विशेष गरी शुभकार्य गर्न नहुने धार्मिक मान्यता छ। त्यसैले यस अवधिमा नारायणको दर्शन तथा पूजा गर्नाले पाप क्षय भई मुक्ति प्राप्त हुने जनविश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए। मेलाका कारण एक महिनाको अवधिभर यस क्षेत्रको व्यापार÷व्यवसाय पनि बढने स्थानीयको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.