|

काठमाडौं : २५औँ मदन–आश्रित स्मृति दिवस, नेकपा एमालेले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा विभिन्न कार्यक्रम गरेको छ।

यसै अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर श्रद्धाञ्जली दिए। 

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते पोखराबाट चितवन जानेक्रममा नारायणगढ–मुग्लिन सडक खण्डस्थित दासढुङ्गामा सडक दुर्घटनामा निधन भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.