|

काठमाडौं : एमाले र माओवादीको एकता सम्योजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टी एकताको मिति तय गर्नका लागि दुवै पार्टीका नेताहरु बालुवाटार पुगका हुन्। त्यस  बैठक सुरु हुनुभन्दा अघि दुवै पार्टीका अध्यक्ष र नेताहरुले विभिन्न विरुवाहरु रोपेर नयाँ पार्टीलाई मलजल गर्ने संकेत गरेका हुन्। 

बालुवाटारमा ओली प्रचण्ड लगायतका नेताहरु समी, अम्बा, जापानिज विरुवा जिम्बो भाइले, लिची आँप, सुन्तला एभोकार्डो, कपुरका विरुवा रोपे। एकता संयोजन समितिको बैठकमा एकतालाई मूर्त रुप दिने बताइएको छ भने आजै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा गर्ने तयरी दुवै दलले गरेका छन्।

यद्यपि, कति बेला पार्टी घोषण हुने भन्नेबारे समयको टुंगो भने लागिनसकेको बताइएको छ। पार्टी एकता घोषणापछि आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने कार्यक्रम पनि रहेको।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.