उपाधिका लागि मनाङ मर्स्याङदी र थ्री स्टार भिड्ने

|

उदयपुर : मनाङ मर्स्याङदी क्लव उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। थरुहट रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सुनसरी ११ लाई २ काबिरुद्ध ३ गोल गर्दै मनाङ मर्स्याङदी क्लव फाइनलमा प्रवेश गरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ मर्स्याङदी क्लवले पहिलो गोल पहिलो हापको १० औं मिनेटमा आत्मघाती उपहार पाएको थियो। यस्तै पहिलो हापको २५ औं मिनेटमा विदेशी खेलाडी भिक्टोरले गोल गरेका थिए भने दोस्रो हापको ३० औं मिनेटमा विमाल रानाले गोल गर्दै आफ्नो टिमलाई फाइनलमा पुर्‍याएका हुन्। निकै राम्रो खेल प्रस्तुत गरेको सुनसरी ११ को तर्फबाट भने पहिलो हापको २९ औं मिनेटमा निसान लिम्बु र दोस्रो हापको २० मिनेटमा सौजन याक्खाले १/१ गोल गरेका थिए।निसानले पेनाल्टीमा गोल गरेका हुन्।

खेलको म्यानअफ द म्याच  मनाङ मर्स्याङदी क्लवका दोर्ण थापा भए घोसित भए उनले नगद सात हजार रुपैयाँ प्राप्त गरे। थारूहट रंगशालामा शुक्रबार पत्रकार र आयोजकबीच खेल हुने छ। अब उपाधिका लागि शनिबार थ्री स्टार क्लव र मनाङ मर्स्याङदी क्लव भिड्ने छन्। शनिवार हुने फाइनल खेलको विजेताले नगद ५ लाख पाउने छ भने उप विजेताले ३ लाख  रुपैयाँ पाउने छन्। प्रतियोगिताभरिको उत्कृष्ट खेलाडीले नगद ५० हजार पाउने आयोजक समितिका अध्यक्ष किरण राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.