|

इण्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ।

बिहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई बैङलोरले १४ रन हराएको हो।  टस हारेर पहिले व्याटिङ गरेको बैङलोरले निर्धारित ओभरमा छ विकेट गुमाएर २१८ रन बनाएको थियो। बैङलोरका लागि  एभीडी भिलियर्सको ६९ र मोइन अलीको ६५ रनको योगदान गरे  यस्तै, कोलिन डे ग्राण्डोमले १७ बलमा ४० रन बनाए ।

२ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो। हैदराबादका कप्तान केन विलियम्सनले ८१ र मनिष पाण्डेले नटआउट ६२ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन्। यस्तै, एलेसक्स हिल्सले ३७ रन बनाए।

१३ खेलबाट १२ अंक बनाएको बैंग्लोर अंक तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेल खेलेको हैदरवाद १८ अंकसहित तालिकाको शीर्ष स्थानमा कायमै छ। 

प्रतियोगितामा आज चेन्नई सुपरकिंग्स र दिल्ली डेयरडेभिल्स खेल्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.