|

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरस्थित भारतीय फिल्ड अफिस हटाउने घोषणालाई आइतबारका केही पत्रपत्रिकाले आग्रभागमा छापेका छन्।

शनिबार संसद भवन नयाँ बानेश्वरमा नवगठित पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त फिल्ड अफिस हटाउने घोषणा गरेका हुन्। ‘विराटनगरको भारतीय फिल्ड अफिस जुन उद्देश्यका लागि बनाइएको थियो, त्यो पूरा भइसकेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘खासमा त्यो अफिस पहिला नै हट्नुपर्थ्यो, अब छिट्टै हट्छ।’ भनी नागरिक दैनिकमा समाचार छापिएको छ।

२०६४ सालमा कोसीनदीको तटबन्ध भत्किएका बेला उद्योग व्यापारमा सहजीकरण गर्न भन्दै भारतीय दूतावासको फिल्ड अफिस विराटनगरमा राखिएको थियो। कान्तिपुर दैनिकमा प्रधानमन्त्री ओलीको भनाइ छ, ‘उठाऊ भनेपछि उठाउनुपथ्र्यो, अब रहँदैन। उठ्छ।’

राजधानी दैनिकले प्रधानमन्त्रीको चीन भ्रमणलाई मुख्य समाचार बनाएको छ। उसले गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधामन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा अोली यही महिना चीन भ्रमणमा निस्कने भएका छन् भनी समाचार छापेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.