|

बार्सिलोनाले यो सिजनको अन्तिम खेलमा जित निकाल्दै आफ्ना स्टार लिजेन्ड आन्द्रे इनिएस्टाको विदाइ गरेको छ। प्रतियोगिता सिजनको अन्तिम खेलमा रियल सोसिडालाई १-० ले पराजित गर्दै बार्सिलोनाले सिजनको अन्त गर्‍यो। बार्सिलोनाको जितमा काउन्टीन्होको एकमात्र गोल निर्णायक बन्यो। आफ्नो विदाइमा बोल्दै गर्दा इनिएस्टा भावविह्वल बनेका थिए।

३४ वर्षिय स्पेनिस डिफेन्डरले बार्सिलोनालाई महत्त्वपूर्ण २२ उपाधि जिताउँदा आफ्नो १६ वर्षे करिअरमा महत्त्वपूर्ण भूमिका निभाएका छन्। बार्सिलोनाको टिममा १२ वर्षको उमेरमा नै युथ टिममा रहेका उनी त्यसयता निरन्तर बार्सिलोनामानै रहे। जहाँ उनले बार्सिलोनालाई सबै खाले उपलब्धि दिलाए।

उनले बार्सिलोनामा रहँदा ९ पटक ला लिगा उपाधि जित्न सफल भए भने चार पटक च्याम्पियन्स लिग तीन पटक क्लब विश्वकप र ६ पटक कोपो डेल रेको उपाधि जितेका छन्। जारी सिजन अपराजित रहने ध्याउन्नमा रहेको बार्सिलोना अन्तिम खेलअघि लेभान्टेसँग ५-४ ले स्तब्ध भएपछि उसले त्यो उपलब्धि भने हासिल गर्न सकेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.