|

चितवन : चितवनमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन्। चितवनको विकट क्षेत्रमा पर्ने कोराकको थाकलटारमा बिहीबार राति ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

राति करिब १० बजेको समयमा चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित कोराकको थाकलटार भन्ने स्थानमा ना ६त१९५४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा स्थानीय ६३ वर्षीय हरिलाल सिङतानको मृत्यु भएको उनले जानकारी दिए। सो दुर्घटनामा अन्य दुईजना यात्री घाइते प्रहरीले जानकारी दिएको छ।

यसैबीच, राति करिब १ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–९ स्थित निप्पनी चोकनजिकै काठमाडौंबाट राजविराज जाँदै गरेको ना५ख ४४०१ नम्बरको बस सडकको डिभाइडरमा ठोकिएर दुर्घटनामा परेको छ।

सो दुर्घटनामा परी ६ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस सडक छेउमा पल्टिएको छ। दुवै दुर्घटनाका घाइतेहरुको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.