|

कालिकोट : कालिकोटमा बुधबारदेखि विद्युत सेवा अबरूद्ध भएको छ। विद्युत सेवा अबरूद्ध हुँदा यहाँका सेवाग्राहीहरू मारमा परेका छन् । जिल्लाको एक मात्र विद्यतु सेवा दिने शान्तिघाट जलबिद्युत आयोजनाको टर्वाईनमा खराबी आउँदा विद्युत  सेवा अबरूद्ध भएको हो। 
विद्यतु सेवा अबरुद्ध  हुँदा जिल्लाका संचार माध्यमहरू बन्द हुनुको साथै सरकारी कामकाज पनि समस्या सिजर्ना भएको पत्रकार अन्नत बरालले बताए।

विद्युत सेवा नभएका कारणले बैंकहरूमा ईन्टरनेट नहुँदा आर्थिक बर्षको अन्तिम सम्झौता गर्न आएका उपभोत्ता समितिको विकासे काममो बजेट पनि रोक्का हुन पुगेको छ। प्राधिकरण शाखा कार्यालय कालिकोटका प्रमुख शम्भु प्रसाद मण्डलका अनुसार टर्वाईनमा समस्या भएका कारणले कहिले सम्म मर्मत गर्न सकिन्छ भन्ने एकिन छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.