|

सुर्खेत : कर्णाली प्रदेशको सरकारले बजेट निर्माणका लागि आवश्यक तयारी थालेको छ। बजेट निर्माणका लागी सरकारले सम्बन्धीत सरोकारवाला पक्षसँग आवश्यक परामर्श र सुझाब संकलन कार्य थालेको हो।

यसैक्रममा प्रदेस सरकार र प्रदेशमा रहेका स्थानीय सरकारका प्रमुखहरुबीच अन्तरक्रिया तथा सुझाब संकलन कार्यशाला सुर्खेतको वीरेन्द्रनगमा शुक्रबार शुरु भएको छ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एक कार्यक्रमबीच कार्यशाला गोष्ठीको उद्घाटन गरे।

मन्त्री ज्वालाले कर्णाली प्रदेश सरकारले आगामी असार १ सम्ममा बजेट प्रस्तुत गर्ने तयारी पनि गरेको जानकारी दिए।

उनले यसअघि बजेट आउने मिति निश्चित नहँुदा विकास निर्माण ढिलाइ भएको तर्फ संकेत गर्दै यसपटक विकासका कार्यक्रमलाई मंसिरबाट तीव्रताका साथ अघि बढाइने प्रतिबद्घता पनि व्यक्त गरे।

उनले हालको संघीय संरचनामा स्थानीय सरकारको सरोकार केन्द्र सरकारसँग नभई प्रदेश सरकारसँग नै बढी हुनेतर्फ संकेत गर्दै स्थानीय, तर प्रदेश सरकारकोे समन्वयमा कामहरु गर्न पनि कार्यक्रममा सहभागीहरुलाई आग्रह गरे।

प्रदेश सरकार आर्थिक मामीला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले स्थानीय र प्रदेश सरकारमा राजनीतिक प्रतिनिधिहरुको उपस्थितिले  विकासमा जनचाहना बढेकोले बजेट कार्यक्रमलाई  योजनामा रुपान्तरण गरी काम गर्न आग्रह गरे।

उनले प्रदेश सरकार संग वजेटको अनुपात थोरै भएको भन्दै त्यसको उचित सदुपयोग गरी काम गर्नु पर्ने चुनौती रहेको भन्दै प्रदेश र स्थानीय तहले समन्वयकारी भुमिका निर्वाह गरी काम गर्न आग्रह गरे।

कार्यक्रममा कर्णाली प्रदेश भरीका नगर तथा गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि र जिल्लास्थित जिल्ला समन्वय समितिका प्रमुख लगायत विभिन्न स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको छ।

दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीमा सहभागीहरुले बजेटको संरचना बजेट, बजेट अनुपात त्यसैगरी बजेट विनियोजनको सन्दर्भमा सुझाब दिने कार्यक्रम रहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.