|

ओखलढुंगा : ओखलढुंगामा अबैध रुपमा सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाईएको छ। जिल्ला सदरमुकाम ओखलढुंगामा अवैध रुपमा खुलम्खुल्ला रुपमा बिक्री बितरण गरिदै आएको घरेलु सुर्तीलाई बेच बिखनमा प्रतिबन्ध लगाइएका हो।

जिल्ला प्रसाशन कार्यालय ओखलढुंगाको नियमित बजार अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ बेच्ने व्यवसायीहरूलाई चिठ्ठी दिँदै अवैध घरेलु सुर्तीको व्यापारमा प्रतिवन्ध लगाइएको जनाइएको छ।

किसानहरू भने प्रशासनले घरेलु सुर्तीमा प्रतिवन्ध लगाउँदा आफ्नो रोजी रोटी नै खोसिने भएका कारण आफूहरू अब केगर्ने भनेर चिन्तित भएको बताएका छन्। सुर्ति बेचेर र सुर्ती खेती गरेर आफ्नो गुजरा चलाउँदै आएका मानेभंज्यांगका २०० बढी किसानहरू परीवार कसरी पाल्ने भन्ने चिन्तामा रहेका मानेभंज्यांग गाउँपालिका ६ का गुजराम राईले बताए। आफ्नो ठाउँमा सुर्तीभन्दा अन्य केही खेती नहुने र सुर्ती व्यवसाय आफ्नो पुर्खा देखीको ब्यवसाय भएको हुँदा अब कसरी परीवार पाल्ने भन्ने चिन्ता भएको तीलक राईले दुखेसो पोखे।

खाने पानीको समेत समस्या भएका कारण अरू खेती के गरी गर्ने भन्दै मानेभंज्यांगका धनपाल तामांगले भने, ‘खानलाई पनि घण्टौ लगाएर पानी ल्याउनु पर्ने बाध्यता भएका कारण आफ्नो बारीमा सुर्तीभन्दा केही हुँदैन, हाम्रा पुर्खाले सुर्तीभन्दा अरु केही लगाएनन् र अन्य खेतीपाती गरी परिवार पाल्न धौधौ छ। अब हामीलाई सरकारले बैकल्पिक उपाए बताई दिए राम्रो हुने थियो।’

सुर्ती बेच्नलाई के मापदण्ड पूरा गर्ने हो सरकारी निकायले बताइ दिए आफुहरू त्यसै गर्ने उनले बताए। खुलम्खुला घरेलु सुर्ती बिक्री वितरण गर्न नपाइने भएको हुँदा घरेलु सुर्ती बेचबिखन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।

ओखलढुंगा सदरमुकाममा हरेक शनिबार र बुधबार लाग्ने हटियामा खुल्ला रूपमा बेचिँदै आएको घरेलु सुर्तीलाई जिल्ला प्रसाशन कार्यालय ओखलढुंगाले विगत लामो समयदेखि बेचबिखनमा रोक लगाउन खोजे पनि सफल हुन सकेको भने छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.