|

बैतडी : बैतडीको सुर्नयामा एम्बुलेन्स दुर्घटनामा चारजना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका चारै जनालाई  महाकाली अञ्चल अस्पताल कञ्चनपुर पठाइएको छ । 

घाइतेहरूमा दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट ,४० बर्षीय देवदत्त भट्ट, १८ बर्षीय गणेशदत्त भट्ट र एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ का २४ बर्षीय गोविन्द धामी रहेको प्रहरीले उल्लेख गरेको छ ।

घाइते चारै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.