|

जाजरकोट : डोल्पामा यार्सागुम्वा संकलन गर्न गाएका मध्ये तीनजनाको लेक लागेर शनिवार मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ। 

यार्सागुम्वा टिपेर कमाउला भनेर ठूलीभेरी नगरपालिका–१० मा पर्ने ग्यालवारा पाटन पुगेका त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुका ३० वर्षीय नारायणप्रसाद पाहाडीको लेक लागेर विरामी भई दुनै तर्फ ल्याउदै गर्दा माझबनमा मृत्यु भएको हो। 

त्यसैगरी, डोल्पोबुद्ध गाउँपालिकाको धो–ताक्सी पुगेका जाजरकोट नलगाड नगरपालिका–८ खगेनकोटका १५ वर्षीय भद्रबहादुर चनाराको लेक लागेर विरामी भए पछि उपचारका लागि दुनै तर्फ ल्याउँदै गर्दा शनिवार राति डोल्पोबुद्ध गाउंँपालिका २ मा पर्ने तोलतोल भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

त्यस्तै, काइके गाउँपालिकाको सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर राना झाँक्रीको यार्सागुम्वा टिप्न ठाँगे पाटनतर्फ जाँदै गर्दा बाटैमा लेक लागेर मृत्यु भएको छ।

लेक लागेर विरामी धो–ताक्सी पाटनमा सिकिस्त विरामी परेका आटबीसकोट नगरपालिका–१० रुकुमका हरिबहादुर शाहीको पूर्वगृहमन्त्री जनार्दन शर्माको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि नेपालगञ्ज पुर्याइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। 

विश्व कै उच्च मानव वस्ति मानिने धो–ताक्सी ४ हजार २०० को उचाईमा रहेको वस्ति हो। धो–ताक्सी वस्तिभन्दा माथि उचाई भएका पाटनहरूमा यार्सागुम्वा पाइन्छ। डोल्पाका ताक्सीभन्दा उचाई रहेका दर्जनौ पाटनहरूमा यार्सा पाइन्छ। डोल्पाका ती यार्सागुम्वा पाइने सबै पाटनहरूमा यतिबेला हजारौं यार्चा संकलकहरू पुगेका छन्। 

संचार समस्याका कारण कुन पाटनमा के–के समस्या परेको छ भन्ने जानकारी आउन कठिन रहेको प्रहरीले जनाएको छ। अर्को कुरा सानातिना स्वास्थ्य समस्यालाई समस्या नमान्ने र अन्तिम अवस्था आएपछि मात्र गुहार्ने परम्पराले उद्धारमा कठिनाई आउने गरेको सहयाक प्रमुख जिल्ला अधिकारी इन्द्रप्रसाद चापागाईंले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.