|

काभ्रेपलाञ्चोक : जिल्लाकाे पाँचखाल नगरपालिका- ४ बोहरे दोभान जाने बाटोको चोक नजिकैको जंगलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। दिउँसो ३ बजेको समयमा अमेरिकी डलर सटही गर्न खोजेको भन्ने विशेष सुराकीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए। 

डलर भनेर नक्कली डलर २५ हजार देखाई नेपाली १८ लाख रुपैयाँ बराबरको रकम सटही गर्न सम्झौता गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको हो।प्रहरी उपरीक्षक मरासिनीले भने, ‘सो क्रममा एक जनालाई पक्राउ गरिएको छ।’ पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका- ३ का २३ वर्षीय विनोद तामाङ रहेको प्रहरीले जनाएको छ। सो क्रममा पाँच राउण्ड हवाई फायरसमेत गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको साथमा बा७२प ३०९६ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ। उनलाई प्रहरीले हिरासतमा लिएर आवश्यक अनुसन्धान भइरहेको मरासिनीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.