|

कालिकोट : जिल्लाको पलाता क्षेत्रमा खाद्यन्नको चरम अभाव भएको छ। नेपाल खाद्य संस्थान सुर्खेत बिक्री वितरण शाखाले थिर्पु खाद्य डिपोमा खाद्यान्न ढुवानी नगर्दा खाद्यान्नको चरम अभाव भएको हो।

सधै भोकमरी हुने पलाता क्षेत्रमा खाद्यन्नको अभाव हुँदा भोकमरी हुने संम्भावना बढेको छ। नेपाल खाद्य संस्थान बिक्रि वितरण केन्द्र सुर्खेतका प्रमुख भीमबहादुर थापाले कालिकोटको थिर्पु डिपोमा खाद्यान्न ढुवानी गर्नका जिम्मा लिएका ठेकेदारबाट ढुवानीमा कमिसन मागेको र आफूहरूले दिन नमानेका कारणले ढुवानीमा समस्या भएको ठेकेदार कमल गुरुङले बताए। ‘खाद्यान्न ढुवानीका सुर्खेत वितरण केन्द्रका प्रमुखले कमिसन माग गर्नुभएको थियो।’ उनले भने, ‘हामीले दिन मानेनौँ, त्यही भएर ढुवानी गर्न समस्या भएको हो।’

खाद्यान्न ढुवानीको रकममा हाकिमले कमिसनको माग गरेको र आफूहरुले कमिसन दिन नमानेका कारणले पलाता क्षेत्रका लागि छुटाएको खाद्यान्न नै कटौती भएको अर्का खाद्यान्न ढुवानीका ठेकेदार निलो तिरुवाले बताए। ‘चामल ढुवानीमा कमिसनको खेलका कारणले पलाता क्षेत्रको खाद्यान्न ढुवानीमा नै कटौती भएको छ।’ उनले भने, ‘यसमा सुर्खेतका हाकिमले बदमासी गरेका छन्।’

नेपाल खाद्य संस्थान बिक्रि वितरण केन्द्र सुर्खेतले केही बदमासी गरेको हुनाले खाद्यान्न ढुवानीमा समस्या आएको नेपाल खाद्य संस्थान बिक्रि वितरण महाशाखा थापाथली काठमाडौंका प्रमुख सुरेन्द्र बिष्टले बताए। ‘हामीले पनि सर्खुेत वितरण केन्द्रबाट खाद्यान्न ढुवानीमा केही बदमासी गरेको भन्ने हामीले सुनेका छौँ,’ उनले भने, ‘त्यही भएर पलाताको थिर्पु डिपोमा खाद्यान्न ढुवानीमा समस्या आएको छ।’

नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालय थापाथलीका अनुसार कर्णाली प्रदेशका २७ वटा डिपोमा ९२ हजार क्वीन्टल खाद्यान्नको माग भएको तर सधैँ भोकमरी हुने पलाता क्षेत्रको थिर्पु डिपो लागि खाद्यान्न नै माग नगरेको जनाएको छ। 

नेपाल खाद्य संस्थानको संचालन समितिले मौजाद खाद्यान्न सकिएको र थप खाद्यान्न ढुवानीका लागि स्वीकृति नगर्दा माग भएर आएको खाद्यान्न आपूर्ति गर्न नसकिएको नेपाल खाद्य संस्थान बिक्रि वितरण महाशाखाका प्रमुख काठमाडौंले जनाएको छ। कर्णाली क्षेत्रका विभिन्न डिपोमा खाद्यान्नको माग आएको र संचालक समितिले थप खाद्यान्न ढुवानी स्वीकृति नगर्दा समस्या भएको छ।

पलाता क्षेत्रमा खाद्यान्नको चरम संकट भएको खाद्यान्न ढुवानी आपूर्तिका लागि नेपाल खाद्य संस्थानसँग माग गरिएको तर अहिलेसम्म के कति कारणले खाद्यन्न नआएको थाहा नभएको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए। ‘हामीले खाद्यान्नको चरम अभाव रहेको र खाद्यान्न ढुवानीका खाद्य संस्थानसँग माग गरेका छौँ,’ उनले भने, ‘खाद्यान्न नहुँदा चरम भोकमरी हुने समस्या रहेको छ।’

नेपाल खाद्य संस्थान सर्खुेत बिक्री वितरण शाखाका प्रमुख भीमबहादुर थापालाई सम्पर्क गर्दा फोन उठेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.