|

सिन्धुपाल्चोक : धुर्मुस सुन्तली फाउण्डेसनले मेलम्ची नगरपालिकाको गिरान्चौरमा निर्माण गरिरहेको एकीकृत बस्तीमा श्रमदान गर्न आएको नेपाली सेनाको टोली बिदा भएको छ। 

सेनाको टोलीले ५५ दिन बस्ती निर्माणमा श्रमदान गरेको थियो। टोलीले श्रमदान स्वरुप ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेको छ। नेपाली सेनाले श्रमदानका लागि २६ बाहिनी अड्डा अन्र्तगतको गोरखबहादुर गण चौतारा, विष्णुदल गण धुलिखेल, विरदल गण भक्तपुर र सत्रुभञ्जन गुल्म मेलम्चीका जवान खटाएको थियो। 

पूर्व निर्धारित योजना अनुरुप समयमा नै आफ्नो काम सम्पन्न गरेर गिरान्चौरबाट बिदा भएको उपसेनानी अजयकुमार लिंगथेपले जानकारी दिएका छन्। ५५ दिनमा नेपाली सेनाका ५० जवान दैनिक रुपमा खटेर ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेका हुन्।

नेपाली सेनाले बस्ती निर्माणमा गरेको श्रम सहयोगप्रति फाउण्डेसनले आभार व्यक्त गरेको छ। 'सेनाको टोलीले ६ वटा घर र सामुदायिक भवन निर्माण गरिदिने वचन दिएको थियो, त्यो निर्धारित समयमा नै पुरा भएको छ। अन्य बाँकी घर निर्माण पनि अन्तिम चरण पुगिसकेको छ' धुर्सुम सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले भनेका छन्।

यसअघि सैनिक श्रीमती संघले काठमाडौंमा आयोजना गरेको कन्सर्टबाट उठेको रकममध्ये १४ लाख रुपैयाँ यस फाउन्डेशनलाई सहयोग स्वरुप प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.