|

डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ। डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

गन्यापधुरा गाउँपालिका-२ को गजरौलामा मंगलबार बिहान भएको दुर्घटनामा परी दिपायल-सिलगढी नगरपालिका-४ का गाडीधनी विनोद रावल, आदर्श गाउँपालिका-२ डोटीका प्रेमबहादुर बोहोरा, सोही गाउँका लालबहादुर बोहरा र एकजना महिलाको मृत्यु भएको छ।

११ जना यात्रु सवार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजना परिचय नखुलेकी महिलाको उपचारका क्रममा उपक्षेत्रीय अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते सात जनाको उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको र घाइतेको उपचारका लागि दुई जनालाई डोटी र पाँच जनालाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.